सुर्खेत तनावग्रस्त युवतीद्वारा आत्महत्या, कर्फ्यु हट्यो - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

सुर्खेत तनावग्रस्त युवतीद्वारा आत्महत्या, कर्फ्यु हट्यो



काठमाडौं- सुर्खेतमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको विषयलाई लिएर झडप भएपछि स्थानीय प्रशासनले आज बिहानसम्मका लागि लगाएको कर्फ्यू हटाइएको छ ।

वीरेन्द्रनगर–४ चोकमा भे १ ख २२४२ नम्बरको टिपरले विपरीत दिशाबाट आएको भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा केशरबहादुर सिंहको घटनास्थलमा मृत्यु भएको थियो ।

घटनाको विरोधमा दिनभर वीरेन्द्रनगर तनावग्रस्त भएपछि बेलुका ६ बजेदेखि कर्फ्यु लगाइएको थियो ।

कर्फ्यू बिहानबाट हटाइएको कर्णाली प्रदेशका डीआईजी पूर्णचन्द्र जोशीले जानकारी दिए ।

केशरको मृत्यु भएपछि कालिकोटकी अरुणा शाहीले पनि आत्महत्या गरेकी छन् । प्रारम्भीक अनुसन्धनबाट अरुणा केशरकी प्रेमिका भएको खुलेको डीआईजी जोशीले जानकारी दिए ।