सुर्खेतमा कडा कर्फ्यु, प्रहरीलाई गोली हान्ने आदेश - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

सुर्खेतमा कडा कर्फ्यु, प्रहरीलाई गोली हान्ने आदेश



सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज कसैलाई पनि सडकमा ननिस्कन आग्रह गरेको छ । हिजो राति सवा आठ बजेदेखि लागेको कर्फ्युमा आन्दोलनकारीलाई नियन्त्रणमा लिन चोक–चोकमा पर्याप्त प्रहरी खटाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला सुरक्षा समितिको बैठकले आदेश उल्लंघन गर्नेलाई गोलीसमेत हान्नसक्ने आदेश दिएको छ ।

‘हामी सकेसम्म परिस्थिति नबिग्रियोस् भन्नेमा केन्द्रीत भएका छौं । त्यसैले हिजो बेलुकादेखि नै कर्फ्यु आदेश जारी भएको स्थानमा निरन्तर सडकमा ननिस्कन नागरिकलाई माइकिङ गर्दै सूचना प्रबाह गरिरहेका छौं’, जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी डिएसपी रामप्रसाद घर्तीले भने, ‘अहिले परिस्थिति पूर्णरुपमा नियन्त्रणमा छ ।’

उनले हिजोको जस्तै अवस्था आए प्रशासनले दिएको आदेशअनुसार कारबाही गर्ने बताए ।