सुर्खेतमा थपियो मुभि हाउस - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सुर्खेतमा थपियो मुभि हाउस



सुर्खेत।

वीरेन्द्रनगर सुर्खेतमा एक मुभि हाउस थप भएको छ । कुमाल मुभि हाउस सञ्चालक समिती सुर्खेतले बिहिबार देखि कुमाल मुभि हाउस सञ्चालनमा ल्याएको छ ।

नेकपा माओबादी केन्द्र सुर्खेतका पुर्व सभाषद् नर बहादुर विष्टले औपचारिक रुपमा मुभि हाउसको उदघाटन गरेका हुन ।
उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा सभाषद् विष्टले कला संस्कृती र मौलिकतामा आउने चुनौतीलाई सामना गर्दै अगाडी बढेमा सफलता प्राप्त गर्न सकिने बताए । सुर्खेतमा पहिला सञ्चालनमा रहेका मुभि हाउससंगको सहज प्रतिस्प्रधालाई मनन गर्दै कुमाल मुभि हाउस क्रियाशिल रहनेमा बिश्वस्त रहेको बताउदै उनले सफलताको शुभकामना ब्यक्त गरे ।

यस्तै, कार्यक्रममा शुभकामना दिदैं नेपाल जनजाती महासंघ सुर्खेतका अध्यक्ष पञ्चुसिंह रोकायले जनजाती समाजले सुर्खेतमा थालेको कदम सफल हुने बताए । उनले मुभि हाउस सञ्चालनमा आउने समस्यामा जनजाती महासंघले आबश्यक सहयोग गर्ने प्रतिबद्दता जनाए ।

यस्तै, निस्चि र्चचका पास्टर गोकुल गुरुङले विश्वास लिएर काम गरे प्रगती हुने बताए । उनले सानो प्रयासले पनि बेरोजगार भएर बसेका युवाहरु स्वरोजगार बन्ने आशा ब्यक्त गरे ।

मुभि हाउसका अध्यक्ष जसविर कुमालले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथी नेकपा माओबादी केन्द्र सुर्खेतका पुर्व सभाषद् नरबहादुर बिष्ट रहेका थिए ।

सुर्खेतमा मुभि हाउस सञ्चालनमा रहेका सम्भावना लगायत अन्य जानकारी मुभि हाउसका कार्यकारी निर्देशक बिक्रम कुमालले गराएका थिए भने कार्यक्रम सञ्चालन लोकदोहोरी सर्जक तथा पत्रकार गोविन्द बिश्वकर्माले गरेका हुन् ।