सुर्खेत जान हिडेका गृहमन्त्री किन चितवन पुगे ? - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

सुर्खेत जान हिडेका गृहमन्त्री किन चितवन पुगे ?



काठमाडौं: सुरक्षा सम्बन्धी बैठकका लागि सुर्खेत जाँदै गरेका गृहमन्त्री रामबहादुर थापा बादल चितवन पुगेका छन् ।

मंगलबार बिहान ६ बजे काठमाडौँबाट सेनाको एमआइ सेभेन्टिन जहाजबाट सुर्खेतका लागि उडेका गृहमन्त्री थापा मौसमको खराबीका कारण सुर्खेतमा जहाज ल्याण्ड हुन नसकेपछि गृह जिल्ला चितवन पुगेका हुन् ।

गृहमन्त्री थापा चढेको जहाज चितवनमा गएर ल्याण्ड गरिएको हो । अहिले गृहमन्त्री थापा चितवनमै छन् ।