सुर्खेतमा बम भेटियो - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

सुर्खेतमा बम भेटियो



काठमाडौं- सुर्खेतमा बम भेटिएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा बम फेला परेको प्रहरीले जनाएको छ ।

पिपिराचोकमा रहेको एनसेल टावरको तल बम राखिएको पाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी दिल्लीराज पन्तका अनुसार बममा तार जोडिएको छ ।

बम निष्क्रिय पार्न नेपाली सेनाको टोली पुगिसकेको छ । फाइल फोटो