यी हुन् १६ वर्षीया किशोरीलाई बलात्कार गर्ने नगर विकास समिति अध्यक्ष सुन्दरकुमार - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

यी हुन् १६ वर्षीया किशोरीलाई बलात्कार गर्ने नगर विकास समिति अध्यक्ष सुन्दरकुमार



१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पोखरा उपत्यका नगर विकास समिति अध्यक्ष सुन्दरकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

छिमेकमा घरेलु कामदारको रुपमा कार्यरत ती किशोरीलाई नै यौन दुर्व्यवहार गरेको आरोपमा एनआईसी एसिया बैंक पर्स्याङ शाखाका प्रमुख सुवास सुवेदीलाई पनि प्रहरीले पक्रेको छ ।

कक्षा ८ मा पढ्दै आएकी ती किशोरीले श्रेष्ठले बलात्कार र सुवेदीले यौन दुव्र्यवहार गरेको कास्की प्रहरीले जनाएको छ ।

घटनामा पीडित पक्षबाट जाहेरी आएको मुद्दा अघि बढाउने तयारीमा रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले बताए ।