सुरेन्द्र पाण्डेलाई गृहजिल्लामै देखाइयो कालो झण्डा - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सुरेन्द्र पाण्डेलाई गृहजिल्लामै देखाइयो कालो झण्डा



काठमाडौं- नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेलाई गृहजिल्ला चितवनमा कालो झण्डा देखाइएको छ । आफ्नै संगठनका नेता कार्यकर्ताले उनलाई कालो झण्डा देखाएका हुन्।

माधव नेपाल पक्षमा रहेर समानान्तर संगठन विस्तार गर्न देशव्यापी हिँडेका पाण्डे अहिले ओली समूहमा विलिन भएका छन्। आन्दोलनमा धोका दिएको भन्दै आक्रोशित कार्यकर्ताले उनलाई कालो झण्डा देखाएको बताइएको छ ।

पाण्डे तिनै नेता हुन् जसले माधव नेपाललाई ओलीसँग अलग हुन उक्साएका थिए । उनले ओलीसंग बस्न नसकिने भन्दै अलग पार्टी बनाउन माधवलाई लगातार दवाव दिएका थिए । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली सँग एक्लाएक्लै वार्ता गरेपछि उनी ओली समूहमा लागेका थिए ।