राष्ट्रिय सुरक्षा नीति नै सरकारले लुकाएपछी... - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

राष्ट्रिय सुरक्षा नीति नै सरकारले लुकाएपछी…



काठमाडाैं, गत ४ चैतमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको राष्ट्रिय सुरक्षा नीति सरकारले लुकाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले २९ माघमा सरोकारवालासँग अन्तिमपटक सुझाब लिएर तयार भएको मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेको थियो ।

तत्काल सार्वजनिक गर्नुपर्ने नीतिको मस्यौदा सरकारी निकाय र सरोकारवालाले नै प्राप्त गरेका छैनन् । सुरक्षा नीति सार्वजनिक नहुँदा प्रतिरक्षा नीति बनाउने काम प्रभावित भएको छ भने सेनाले तीन वर्षअघि तयार गरेको मिलिटरी डक्ट्रिन (सैन्य सिद्धान्त) संशोधन हुन सकेको छैन ।

‘हामीले रक्षा मन्त्रालयमै गएर काम गर्‍यौँ, सुरक्षा परिषद्का एकजना अधिकृतलाई जिम्मा दिएर फर्कियौँ,’ उच्चस्तरीय समितिमा आबद्ध एक विज्ञले भने, ‘हामीलाई पनि सुरक्षा नीतिको दस्ताबेज दिइएको छैन ।’

तीन वर्षअघि ३० वैशाख ०७३ मा केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय सुरक्षा नीति स्वीकृत गरेलगत्तै रक्षा मन्त्रालयले वेबसाइटमा सार्वजनिक गरेको थियो । ‘संसारमा राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गरिन्छ ।