हाँस्य कलाकार सुरज भिरखोइरेको लागि हिमाल पोस्टका १३ प्रश्न (कुराकानी) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

हाँस्य कलाकार सुरज भिरखोइरेको लागि हिमाल पोस्टका १३ प्रश्न (कुराकानी)



हिमाल पोस्ट /फागुन २० 

बाटोमा झपक्क बोके दाह्री, पछाडि कपाल पालेको, आफ्नै सुरमा मुक्तक , कविता, चुट्टकिला वाचन गरी रहने, देख्ने बित्तिकै मुसुक्क मुस्कुराउने, लामो चेहेरा ठुलो मुख भएको कोही देख्नु भयो भने शायद उनी हास्य कलाकार सुरज भिरखोइरे हुन सक्छन्। तनहु जिल्लामा जन्मेका भिरखोइरे पछिल्लो नेपाली कलाकारको परिवेशमा एक आशालाग्दा प्रतिभाका रूपमा लिइन्छ। साहित्यका पारखी र मुक्तक कविता वाचन गर्ने भिरखोइरे आफ्नो औपचारिक कलाकारीताको यात्रा २०६७ साल देखी सुरु गरेको बताउछन।

२०६७ सालमा मा पहिलो हास्यब्यङ्य मुक्तक सङ्ग्रह शल्यक्रिया प्रकाशन २०६९ मा मेची र कोसी बनायो लोक दोहोरी गीत लेखन र प्रकाशन गरेबाट कालाकारितामा छरेका भिरखोइरेले शल्यक्रिया गाईजात्रा अडियो भिडियो वाचन प्रकाशन, क्रिकेट जस्तो पिरती, दाइ भनेर मारी जस्ता गीतबाट राम्रै चर्चा बटुलेका उनी दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने पछिल्लो समय स्टेज कार्यक्रममा निक्कै व्यस्त देखिन्छन।

प्रस्तुत छ ,उनै कलाकार सुरज भिरखोइरे सँग हिमाल पोस्टका लागि समीर प्रकाश पाण्डेले गरेको छोटो  कुराकानी 

कसरी  बित्दै छन् आज भोलि दिनहरू ?

-मेला महोत्सवमा बिजी छु साथै घरायसी कृषि कर्ममा ।

तपाईका अन्तरवार्तामा सोधिने प्रश्न मध्यको एउटा प्रश्न म यहाँ पनि सोध्न बाध्य भए अखिर यो भिरखोइरेको अर्थ के ?

-भिरखोइरेको अर्थ नै त भन्न मिल्छ सुन्न मिल्दैन ।

दर्शकले वास्तममै हाँस्य कलाकार मान्छन या आफै मानेर अगाडी बढिदैछ?

-आफूले त कर्म गर्ने हो जस दिने त दर्शकले नै त हो नि ! बहिष्कार गरेपनी त चुप लाग्नुपर्छ ….. अहिले त माग राम्रै छ ।

कतै साथी भाइको मेहफिल जमाएकोले उनीहरूले उक्साएर त हैन यो क्षेत्र अंगालेको ?

-ठ्याक्कै त्यस्तो हैन कला भनेको भित्रै बाटै आउँछ यसमा साथ पाइयो भने निरन्तरता त अवश्य हुन्छ ।

तपाईँ शब्दले हँसाउने मान्छे की हाउभाउले?

-म विषयवस्तु राम्रो हुनु पर्छ भन्ने मान्यता राख्छु stand up comedy मा तर नाटकमा अभिनय पनि चाहिन्छ ।

आफ्नो कुन पाटो (चेहरा या शब्दवाण) लाई बढी सशक्त भए जस्तो लाग्छ?

-म अभिनय भन्दा मेरो आफ्नै लेखन शैली आफैलाई मन पर्छ ।

 भिरखोइरे कुन श्रेणीको दर्शकको रोजाईमा पर्छ?

-युवापुस्ता, बालबच्चा, वृद्ध सबै ।

भिरखोइरेको त्यस्तो गुण जसले उसलाई अरू भन्दा फरक बनाउछ?

-मिलनसार र सामान्य ।

कस्लाई हेर्दा वास्तवमै यो हाँस्यव्यंगको लागी जन्मेको जस्तो लाग्छ?

-पिडामा मात्रै जिउनेहरुका लागि ।

तपाईँले प्रस्तुत गरेको पहिलो हास्य व्यंङग प्रस्तुति सम्झिनु हुन्छ ?

-सम्झिन्छु २०६७ सालमा पीएन क्यम्पस पोखरामा भएको पी.एन.सी  अाईडलमा जहाँ शतप्रतिशतको  वान्स मोर आवाज गुन्जेको  थियो ।

दर्शक हँसाउन खोज्दा आफै मात्र हाँस्ने अवस्था  सृजना भयो भने?

-हुन्छ यस्तो भयो भने दर्शक झन्  हाँस्नु  हुन्छ ।

पत्रकार शब्द सुन्दा दिमागमा पहिला के आउँछ? 

-पत्रकार भनेकै के हो ? को हुन ? जस्तो लाग्छ ! फेरि म पनि त पत्रकार नै हुँ नि भनेर खुसी व्यक्त गर्छु ।

 एउटा तेस्तो प्रश्न जुन तपाईँ आफैलाई सोध्नोस र आफै उत्तर दिनुहोस् ?

-हाँ हाँ हाँ सोच्नै परो एक छिन…….अ ….? अाफ‌ुले आफैलाई के ठान्नु हुन्छ ?उत्तर: संसारकै सबै भन्दा भाग्यमानी र खुसी मान्छे ।

सुरज भिरखोइरे जी समयको लागी धन्यवाद । तपाईँको कलाकारिता क्षेत्रमा सधैँ सफलता मिलोस शुभकामना ।