सुपर लघुवित्तलाई राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषणा - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

सुपर लघुवित्तलाई राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषणा



काठमाडौँ- नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।

दाङमा केन्द्रीय कार्यालय रहेको यस संस्थाका पदाधिकारीहरुले राष्ट्र बैंकको निर्देशन र ग्राहकको हितविपरित काम गरेर संस्थालाई समस्यामा पुर्‍याएकाले समस्याग्रस्त घोषणा गरिएको बताइएको छ ।

संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू प्रत्यक्ष सम्मिलित भई संस्थाको हित विपरित व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरेर अधिकार दुरुपयोग गरेको अभियोगमा राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हो ।

हाल संस्थाको प्राथमिक पुँजी कोष १०.३१ प्रतिशतले ऋणात्मक छ । राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ ।