धनगढीमा आजदेखी सुपथ मुल्य पसल संचालनमा - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

धनगढीमा आजदेखी सुपथ मुल्य पसल संचालनमा



कैलाली – कैलालीमा आज देखी सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ । दशैँ, तिहार लगायतका चाडपर्वलाइ लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले मसिंर ६ गते सम्मका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । 

बिगतका वर्षहरूमा चिनी र नुन मात्रै बेच्दै आएको साल्ट ट्रेडिङले यस बर्ष भने अन्य खाद्य बस्तु पनि बिक्री गर्न लागेको साल्ट ट्रेडिङ कर्पोरेसनका क्षेत्रीय कार्यालय धनगढीका नायव महाप्रबन्धक केशवप्रसाद पाण्डेयले जानकारी दिए ।

चिनी प्रति किलो ७० र नुन प्रति किलो १८ रुपैयाँमा उपभोक्ताले सुपथ मूल्य पसलबाट खरिद गर्न सक्ने नायव महाप्रबन्धक पाण्डेयले बताए ।

प्रति व्यक्ति चार किलो भन्दा बढि नुन र चामल खरिद गर्न सकिदैन । पाण्डेयले भने,’ ‘यस बर्ष देखि उपभोक्ताले चिनी र नुनसँगै चिउरा र चामल पनि खरिद गर्न सक्ने छन् । उपभोक्तालाई बजार मूल्य भन्दा सस्तोमा
स्यानिटाइजर र साबुन पनि बिक्री गर्न राख्ने छौं ।’

अन्य उत्पादक कम्पनीले पनि सस्तो पसलबाट उपभोक्तालाई सस्तोमा सामान बेच्नु परे सम्पर्क गर्न आग्रह गर्दै पाण्डेयले सामाजिक दुरि कायम गरि सुपथ मुल्यमा बिक्री गरिने जानकारी दिए ।