सुपा देवी देउरालीले गर्यो दिल्ली देखि अर्घाखाँची एसी बस संचालन - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

सुपा देवी देउरालीले गर्यो दिल्ली देखि अर्घाखाँची एसी बस संचालन



नयाँ दिल्ली 

भारतको राजधानी दिल्लीबाट नेपालका विभिन्न स्थानका लागि यातायात सेवा प्रदान गर्दै आएको सुपा देवी देउराली टूर एण्ड ट्राभल्सले वातानुकूलित अर्थात् एसि बस सञ्चालनमा ल्याएको छ । मुनाफा कमाउन भन्दा पनि यात्रुको सुविधालाई ध्यानमा राखेर सुरु गरिएको उक्त  यातायात सेवामा   सुपा देवी देउराली टूर एण्ड ट्राभल्सले एसि बस सञ्चालनमा ल्याएको हो ।

बिहीबार विधिपूर्वक पूजाआजा गरी बस सेवा उद्घाटन गरिएको छ । महेन्द्रनगर, नेपालगन्ज र कृष्णनगर हुँदै बस सेवा सञ्चालनमा रहेको ट्राभल्सले जनाएको छ । समारोहमा बोल्दै  ट्राभल्सका संयोजक दिल खत्रीले यात्रुहरूको सेवामा एसी बस सञ्चालनमा आउँदा निकै खुसी लागेको बताए । उनले  ट्राभल्स सुरु भएदेखि आफूहरूले यात्रुको सहजतालाई विशेष ध्यान दिएको समेत बताएका थिए  ।

त्यसै गरी उहाँले कैयौँको शेयरबाट सञ्चालित उक्त  टुर एण्ड ट्राभल्सप्रतिअरूहरूको विश्वसनीयता बढी रहेको समेत बताए  । उनले  दिल्लीदेखि अर्घाखाँची र अर्घाखाँचीदेखि दिल्लीसम्म दैनिकरुपमा बस सञ्चालनमा रहेको समेत जानकारी दिए ।उनले  यस रुटमा पहिलोपटक एसि बस सञ्चालनमा रहेको बताउँदै यात्रुहरूले बढी भन्दा बढी सेवाको फाइदा उठाउनेमा आशावादी रहेको बताए  ।

भारतमा सुपा देवी देउराली टुर एण्ड ट्राभल्सका नामले दर्ता गरिएको ट्राभल्स नेपालमा भने नमस्ते सुपा देवी देउरालीको नामले दर्ता भई संचालनमा आएको हो  ।