सुरू भयो संवैधानिक इजलासको सुनुवाइ - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

सुरू भयो संवैधानिक इजलासको सुनुवाइ



काठमाडौँ- प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको नेतृत्वमा रहेको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको हो ।

संवैधानिक इजलासममा प्रधानन्यायाधीश राणाले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बमकुमार श्रेष्ठ तोकेका छन् । प्रधानन्याधीश राणा, न्यायाधीश केसी मात्रै दोहोरिएका छन् ।

अघिल्‍लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ पुस ५ मा गरेको प्रतिनिधि सभा विघटनसम्बन्धी रिट छिनोफानो गर्ने संवैधानिकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी संलग्‍न थिए ।