'सुन्तली'की आमा सिता घिमिरेको उपमेयरमा उमेद्वारी - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

'सुन्तली'की आमा सिता घिमिरेको उपमेयरमा उमेद्वारी



बैसाख २१ काठमाडौं
चर्चित हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’की सासु तथा कुञ्जना घिमिरे ‘सुन्तली’की आमा सिता घिमिरेले उपमेयरमा उमेद्वारी दिएकी छिन् । लामो समय देखी माओवादी केन्द्रमा रहेर राजनिती गरिरहेकी सिता घिमिरेले गोदावरी नगरपालिकामा उपप्रमुखमा उम्मेदवारी दिएकी हुन् ।

संविधानसभा निर्वाचनमा माओवादी नेता वर्षामान पुनलाई ललितपुरबाट जिताउन सिताले विशेष भूमिका निर्वाह गरेकी घिमिरेले भूकम्पपछि बस्ती निर्माण गरेर चर्चामा रहेका धुर्मुस-सुन्तलीले प्रचार-प्रसारमा साथ दिंदै आएकी थिईन् । धुर्मुस सुन्तलीले समाजसेवामा हात हालेसँगै सिता पनि ज्वाई छोरीका कारण चर्चामा थिइन् ।सीता घिमिरेलाई धुर्मुस–सुन्तलीका कारण चुनावी फाइदा हुन सक्ने र उनले जित्ने निश्चित भएको माओवादी केन्द्रको भनाइ छ ।