सुनसरीमा गोलि चल्यो : प्रहरी र स्थानीय घाइते - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

सुनसरीमा गोलि चल्यो : प्रहरी र स्थानीय घाइते



इटहरी– भन्सार चेकजाँच गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा सुनसरीको भोक्राहामा गोली चलेको छ ।

भारतसँग नाका जोडिएको क्षेत्रबाट आउने व्यक्तिलाई चेकजाँचका क्रममा विवाद हुँदा घटनाले उग्र रुप लिएको हो ।

चेकजाँचका क्रममा प्रहरीमाथि आक्रमण भएको जनाइएको छ । स्थानीयका अनुसार प्रहरीले केही राउण्ड गोली चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले चेकजाँचका क्रममा विवाद उत्पन्न भएको बताए ।

झडपका क्रममा केही सर्वसाधारण पनि घाइते भएका जनाइएको छ ।

फाइल तस्बिर