अन्तरवार्तामै सन्नी लियोनी धरधरी रोएपछि... - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

अन्तरवार्तामै सन्नी लियोनी धरधरी रोएपछि…



एजेन्सी – पूर्व पोनस्टार स्वम् नायिका सन्नी लियोनी एक अन्तरवार्ता मै रोएकी छन् । हालै एक अन्तरवार्ताका क्रममा आफ्ना दिवगंत एक सहकर्मीको प्रसंग निस्केपछि उनले आफूलाई रोक्न सकिनन् र अन्तरवारताकै क्रममा उनी नराम्ररी रोइन् ।

‘दंबग’ सिनेमाका निर्माता एवम् निर्देशक अरबाज खानले संचालन गर्दै आइरहेको ‘पिन्च’ नामक अन्तरवार्तामा उनी रोएकी हुन् । सो प्रसंग उनीसँग काम गर्ने एक स्टाफसँग सम्बन्धित थियो ।

केहि समय पहिले उनीहरूसँग काम गर्ने प्रभाकर येडको जीवन बचाउन अपिल गर्दै सन्नीका श्रीमान डेनियलले गरेको अपिलमा केहि मानिसहरूले जनाएको छुच्चो प्रतिक्रियालाई प्रतिक्रिया दिनेक्रममा सन्नीले प्रभाकरलाई सम्झिइन जसका कारण आफ्नो आँशु रोक्न सकिनन् र रून पुगिन्।

यस क्रममा उनले सुरूमा मुस्कुराउँदै आफूलाई सम्हाल्ने प्रयास गरेपनि उनी त्यसमा असफल भइन् । उनी रूनुको कारण थियोः उनको अथक प्रयासका बाबजुद उनले दुबै मृगौला बिग्रिएका प्रभाकरलाई बचाउन नसक्नु ।

प्रभाकरका दुबै मृगौला अन्तिम अवस्थामा थिए केबल १० प्रतिशत मृगौलाले मात्र काम गरिरहेको थियो । उनलाई बचाउन सहयोगको अपिल गर्दै एक तस्वीर उनका पति ड्यानियलले सार्वजनिक गरेका थिए । यसमा एक व्यक्तिले १.३८ करोडको गाडी किन्न सक्नेका सन्नीका लागि उपचारका लागि आवश्यक २० लाख भारू केहि नभएको र त्यो उनीसँग भएका केहि ब्याग र जुत्ताको मोल बराबर भएको अवस्थामा यसरी सार्वजनिक रूपमा सहयोग माग्नु लज्जास्पद भएको प्रतिक्रिया दिएका थिए ।

यसमा अरबाजले उनको धारणा जान्न चाहेका थिए । यसको प्रतिक्रिया दिने क्रममा उनी रोइन तर उनी रूनुको कारण आएको प्रतिक्रिया होइन । आफ्नो अथक कोशिसका बाबजुत प्रभाकरलाई बचाउन नसकेकोमा उनी रोएकी हुन् ।

उनले फोटोचाँहि प्रभाकरलाई माया गर्नेहरूलाई उसलाई के भइरहेको छ थाहा होस र उनीहरूले पनि यसमा सहयोग गर्ने इच्छा भएमा गर्न पाउन भन्नाका लागि गरेको बताइन् । ‘तपाईलाई थाहा छैन तपाईको निकटमान्छेलाई गुमाउँदा कस्तो अनुभव हुन्छ ?’, उनले अन्तरवार्तामा भनेकी छन् ।

‘मैले र डेनियलले उसको सारा उपचार खर्चको जिम्मा लिएका थियौं’, सन्नीले भनिन् , ‘जब तपाईलाई तपाईंले लामो समय साथै बिताएको साथी यो दुनियाँमा रहनेछैन भनेर थाहा हुन्छ अनि तपाईंले चाहेर पनि केहि गर्न सक्नुहुन्न नी तब धेरै तनाबमा आउनुहुन्छ । मलाई थाहा थियो यो सिने क्षेत्रमा ऊ म भन्दा पहिलेदेखी काम गरिरहेको थियो। उसलाई धेरै मान्छेले माया गर्थे। हामीले उसको उपचार खर्चसँगै उसको परिवारको र वकीलको खर्चसमेत बेहोरेका थियौं।’