यो कस्तो कानुन: सुनका भरिया थुनिन्छन्, साहु उम्किन्छन् ! - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

यो कस्तो कानुन: सुनका भरिया थुनिन्छन्, साहु उम्किन्छन् !



काठमाडौंको गौशलानजिक पिंगलास्थानबाट २०७३ पुुस २१ गते केही गहनासहित साढे ३३ किलो सुन बरामद भयो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त घटनामा ३३ जनाविरुद्ध मुद्धा चलायो ।

त्यतिबेला पक्राउ परेकामध्ये सबै थुनामा रहे पनि एसएसपी श्याम खत्रीसहित ४ जना व्यापारी भने नाम मात्रको घरौटीमा छुटे ।

सुनकाण्डमा प्रत्यक्ष पक्राउ परेकासहित अन्य कुनै न कुनै प्रमाणका अधारमा संलग्न देखिएकालाई पुर्वपक्षका लागि थुनामा राख्ने आदेश गरेको जिल्ला अदालत, काठमाडौं ४ व्यापारीका हकमा भने उदार देखियो ।

न्यायधीश दीपेन्द्र अधिकारीको ईजलासले २०७३ चैत्र ४ गते गरेको आदेशमा राजेश शाक्य, सुनील श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठ प्रत्यक्ष संलग्न भएको नदेखिएको भन्दै उनीहरुलाई १, १ लाख रुपैयाँ धरौटीमा रिहा गरियो ।, आजको कान्तिपुरमा यो खबर छ ।