वरिष्ठ रङ्गकर्मी सुनिल पोख्रेल बिरामी, नर्भिक अस्पतालमा भर्ना - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

वरिष्ठ रङ्गकर्मी सुनिल पोख्रेल बिरामी, नर्भिक अस्पतालमा भर्ना



काठमाडौं, २६ साउन– नेपाली रंगमञ्चका हस्ती कलाकार सुनिल पोख्रेललाई अस्पताल भर्ना गरिएको छ । गएराती १ बजे अचानक उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको उनकी श्रीमती निशा शर्माले  जानकारी दिइन् । ‘राती अचानक sunil-pokhrelउहाँको स्वास्थ्य खराब भयो,’ निशाले भनिन्, ‘फिंज काढेर उहाँ अचेत हुनुभयो ।
आँखा फुस्रोे भइसकेको थियो, ५ ७ मिनेट त उहाँ मरेजस्तै हुनभएको थियो ।’ निशा शर्माका अनुसार सुनिललाई छोरा निशान, र छिमेकी तथा आफन्त गोपाल गुरागाईँले अस्पताल लगेका हुन् । अस्पतालले सुनिललाई सिजर अट्याक भएको बताएको निशाले जानकारी दिइन् । उनले भनिन्, ‘यो कसरी भयो भनेर डाक्टरहरु परीक्षण गरिरहनुभएको छ ।’ न्युरोको जाँच भइरहेको र त्यसमा कुनै खरावी नदेखिए आजै उनलाई घर पठाइने डाक्टरको भनाइ उद्धृत गर्दै निशाले बताइन् । निशाका अनुसार सुनिलले अहिले झोलिलो खानेकुरा खाइरहेका छन् ।