देशभरका कानुन व्यवसायीको हितमा हाम्रो उम्मेदवारी : अधिवक्ता सुनिल श्रेष्ठ - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

देशभरका कानुन व्यवसायीको हितमा हाम्रो उम्मेदवारी : अधिवक्ता सुनिल श्रेष्ठ



तेजेन्द्र पाण्डे

अधिवक्ता सुनिल कुमार श्रेष्ठले मुलुकमा न्यायको पहुँच र देशभरिका कानुनब्यबसायिको हितका लागी बृहत् लोकतान्त्रिक कानुन व्यवसायीले नेपाल बारको निर्वाचनमा भाग लिएको बताएका छन् ।

लोकतान्त्रिक समूहबाट प्रदेश नम्बर पाँच अन्तरगत उपाध्यक्ष पदको उम्मेदवार रहेका श्रेष्ठले निर्वाचनका विषयमा हामीसङ्ग कुरा गर्दै भने ‘लोकतान्त्रिक कानुन व्यवसायीको समूह कानुनको सधैँ सम्मान गर्ने समूह हो, हाम्रो अहिलेको उम्मेदवारी देशभरका कानुन ब्यबसायीको पक्षमा छ, मुलुकमा संविधानको पूर्ण परिपालन गराउन हाम्रो उम्मेदवारी हो सातै प्रदेशमा कानुन व्यवसायीको हित हुनेगरी हामीले रचनात्मक कार्य गर्नेछौ’

मुलुकमा अहिलेको महत्त्वपूर्ण समयमा लोकतान्त्रिक कानुन व्यवसायीलाइ समर्थन गर्नुको विकल्प नभयको समेत उनले जिकिर गरे ।