काठमाडौं मेडिकल कलेजका अध्यक्ष सुनील शर्मालाई विद्यार्थीहरुले दले कालो मोसो - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

काठमाडौं मेडिकल कलेजका अध्यक्ष सुनील शर्मालाई विद्यार्थीहरुले दले कालो मोसो



काठमाडौँ- असन्तुष्ट विद्यार्थीहरुले शुक्रबार सिंहदरबारभित्रै काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनील शर्मालाई कालो मोसो दलेका छन्।

शिक्षा मन्त्रालयमा विद्यार्थी, अभिभावक र कलेज सञ्चालकहरुबीच भएको बैठक सकेर बाहिर निस्कने क्रममा काठमाडौँ मेडिकल कलेजकै विद्यार्थीहरुले शर्मालाई कालोमोसो दलेका हुन्।

कालोमोसो दल्नेमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी निकट विद्यार्थीहरु रहेको बताइएको छ।

शर्मालाई नमस्कार गर्दै आएका विद्यार्थीहरूले एकाएक कालोमोसो दलेको बताइएको छ । कालो मोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विद्यार्थीले नमस्कार सर भनेर शर्मालाई सम्बोधन गरेपछि नमस्कार समेत फर्काउन नपाउँदै उनीमाथि कालो मोसो दलिएको थियो।