३६ हजार डलरसहित सुन्धारामा ब्यापारी पक्राउ - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

३६ हजार डलरसहित सुन्धारामा ब्यापारी पक्राउ



काठमाडौं– ३६ हजार ९ सय अवैध अमेरिकन डलरसहित सुन्धारामा एक व्यवसायी पक्राउ परेका छन्। महानगरीय अपराध महशाखाले व्यवसायी राजेश कुमार अग्रवाललाई शुक्रबार पक्राउ गरेको हो।

अवैध डलर कारोबारको आरोप उनलाई पक्राउ गरिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए। झापाको बिर्तामोड स्थायी घर भएका उनको कपडा पसल छ। पसलको आवरणमा उनले अवैध डलरको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ। उनीविरुद्ध बैंकिङ कसुर तथा संगठित अपराध मुद्दामा कारबाही हुने एसएसपी सिंहले बताए।