सुन्दरादेवी सन्देश म्युजिक अवार्डका उत्कृष्ट पाँच - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सुन्दरादेवी सन्देश म्युजिक अवार्डका उत्कृष्ट पाँच



चौथो संस्करणको ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्डका ३८ विधामा अाइतबार उत्कृष्ट पाँचको मनोनयन भएको छ ।काठमाडौंको रातोपुलस्थित रकहाउस क्याफेमा अायोजित कार्यक्रममा उत्कृष्ट पाँचका सर्जकहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

उत्कृष्ट पाँचलाई सुन्दरादेवी सन्देश म्युजिक अवार्ड–२०७५का अध्यक्ष किरण अधिकारी, नेपाल चलचित्र पत्रकार संघ उपाध्यक्ष गीता अधिकारी, साहित्यकार÷गीतकार राम अविरल, जुनकिरी रोधी क्लवकी सञ्चालक धनकुमारी थापा ‘शरु’, साकुरा कन्सलटेन्सीका अनुजकुमार श्रेष्ठलगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

आजै देखि सार्वोत्कृष्ट एक छान्नका लागि भोटिङ पनि सुरु गरिएको छ । भोटिङ गर्नका लागि एसएसएमए टाइप गरि सम्बन्धित स्रष्टा सर्जकको नाम लेखि भोटिङ कोर्ड लेख्नु पर्नेछ ।लोक, आधुनिक, तामाङ सेलो, पपसहित गीत, सङ्गीत, शब्द, म्युजिक भिडियोलगायतमा उत्कृष्ट पाँचको मनोनयन केही समय अघि सार्वजनिक गरिएको थियो ।

अवार्ड आगामी २६ जेठमा काभ्रको बनेपामा विशेष कार्यक्रम गरेर प्रदान गरिने अध्यक्ष किरण अधिकारीले जानकारी गराए ।‘नेपाली गीतसङ्गीत हाम्रो पहिचान, सञ्चार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मोफसलको नुवाकोटबाट प्रकाशित हुँदै आएको सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा हुने यो राष्ट्रिय अवार्डको व्यवस्थापन नाटेश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले गर्ने भएको छ ।

अधिकारीका अनुसार, अवार्डमा नेपाली गीतसङ्गीतको क्षेत्रमा योगदान पुराएका एकजना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । त्यस्तै, कला क्षेत्रमा कलम चलाउने दुईजना पत्रकारलाई नगदसहित सम्मान गरिनुका साथै अन्य सर्जकलाई पनि सम्मान गरिने जनाइएको छ ।पहिलो र दोस्रो क्षेत्रीयस्तरमा भएको यो अवार्ड तेस्रो संस्करणदेखि राष्ट्रियस्तरमा हुन लागेको हो ।