वियोगान्त गीत 'सुन कथा'(भिडियो सहित) - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

वियोगान्त गीत ‘सुन कथा'(भिडियो सहित)



किस्ना आचार्य रोशनी / काठमाडौँ

नेपाली लोकसांगीतिक क्षेत्रमा विगतका वर्षहरू देखि नै सक्रियताका साथ लागेका लोकप्रिय गायक हुन मौसम गुरुङ । गुरुङले आवाज भरेका प्राय गीतहरूले नेपाली साङ्गीतिक बजारमा राम्रो चर्चा बटुल्न सफल हुने गर्दछ्न ।

क्वान्टिटी भन्दा क्वालिटीलाई महत्त्व दिने गायक गुरुङले आफ्नो होस या अरूको हरेक गीतमा उत्तिकै मेहनत गर्दछन् । विशेष त सेन्टिमेन्टल गी मा बढी जमेका र धेरै दर्शक श्रोता को मन जितेका गुरुङले गायनको अलावा केही गीतहरू मा आफ्नो सिर्जना र अभिनय को फरक स्वाद समेत बेलाबेलामा दर्शक श्रोतालाई दिइरहन्छन् ।

भर्खरै मात्र उनै गायक मौसम गुरुङ र जुना गुरुङलेले अभिनय गरेको सुन कथा नामक एक गीत सार्वजनिक भएको छ ।ईश्वर सिंह र कालीका रोका को स्वर रहेको गीतको लय / शब्द सिर्जना चन्द्र खत्रीले गरेका हुन । प्रकाश भट्टको निर्देशन ,राजेश घिमिरेको छायाङ्कन र विष्णु शर्माको सम्पादनमा तयार भएको उक्त  गीतको म्युजिक भिडियो आज मात्रै शीतल सिजन डिजिटलको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ  ।