समाचार प्रभाव :सुन र पैसा लिएर फरार युवक ३ वर्ष पछी फिर्ता - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

समाचार प्रभाव :सुन र पैसा लिएर फरार युवक ३ वर्ष पछी फिर्ता



नयाँ दिल्ली/३०  असोज ।

अर्घाखाँची मालारानी गाउपालिका हंसपुर ७  बाम्रुक ढाक्रेपानी खरियारुखका माईला भनेर चिनिने रोमाखर भुषालका कान्छा छोरा हेमराज भुषालले भारत नयाँ दिल्लीको सावित्रीनगरमा बस्ने जमुना भुषालको घरमा बस्दा आधा तोलाको कानमा लगाउने टप र नगद १८ हजार भारु चोरेर फरार भएका थिए उक्त  युवकले हिमाल पोस्टमा समाचार आएपछि  सुन र पैसा  फिर्ता गरेका छन् ।

जमुना भुसालका अनुसार उनका  माईला ससुराका  कान्छा छोरा हुन् हेमराज  ,उनि  २०७२ असार १२ गते पढाईका लागि भन्दै दिल्लीस्थित जमुनाको घरमा आएका थिए । दिल्ली आएको १८ दिनपछि असार ३० गते आफु नुहाउन गएका बेला हेमराजले सुनको टप र नगद लिएर फरार भएका थिए ।

त्यसको तीन वर्षसम्म घरमा समेत सम्पर्क नगरेका हेमराज  यसपालिको दशैमा घर अएका हुन्   ।घरको मुद्धा घरमै सल्टाउनु पर्ने   भन्दै उक्त रकम फिर्ता गरि सुन बराबरको रकम पनि आइतवार  फिर्ता  दिएका छन् ।