सुन तस्करी र हत्या: सम्पत्ति शुद्धीकरणमा छानविन - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

सुन तस्करी र हत्या: सम्पत्ति शुद्धीकरणमा छानविन



साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य तीन प्रतिवादीलाई जिल्ला अदालत मोरङले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउन आइतबार आदेश दिएको छ ।

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मुख्य प्रतिवादीहरू चूडामणि उप्रेती (गोरे), भुजुङ गुरुङ र डाक्टर डेबिट भनिने छिरिङ वाङगेल घलेलाई ललितपुरस्थित विभाग पठाउन आदेश दिएका हुन् । गोरे र घले हाल मोरङ जिल्ला कारागारमा छन् । गुरुङ सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा पुर्पक्ष थुनामा छन् । घले र गुरुङ नातेदार हुन् ।

मोरङ अदालतले आइतबार मुख्य तीन अभियुक्त चूडामणि उप्रेती गोरे, भुजुङ गुरुङ र छिरिङ वाङ्गेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाउन आदेश दिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान एवं कारबाही गर्न माग गर्दै अभियोगपत्र दायर गरेको थियो । विभागले त्यसैका आधारमा थप अनुसन्धान र कारबाही अघि बढाउन उनीहरूलाई झिकाउने पत्राचार गरेको थियो ।

विभागको पत्रमा ‘प्रारम्भिक जाँचबुझका क्रममा उल्लेखित प्रतिवादीहरूसँग कसुरको गम्भीरतासमेतका आधारमा तत्काल केही कुरा बुझी जाँचबुझ कार्य अगाडि बढाउनुपर्ने देखिएकाले निजहरूलाई सम्पत्ति शुद्धीकरणको कसुरको जाँचबुझका सिलसिलामा बुझ्नुपर्ने कुरा बुझी फिर्ता पठाउने’ उल्लेख छ ।,यो खबर आजको कान्तिपुरमा छ ।