वायु सेवा निगमकै कर्मचारी सुनसहित पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

वायु सेवा निगमकै कर्मचारी सुनसहित पक्राउ



काठमाडौः नेपाल वायु सेवा निगमका कर्मचारी रञ्जित कुमार यादवलाई  अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट बाहिरिएको अवैध सुनसहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो

महानगरीय प्रहरी परिसरको टोलीले आज साँझ सुनसहित नेपाल वायु सेवा निगमका कर्मचारी रञ्जित कुमार यादवलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले पुष्टि गरे।

यादवले विदेशबाट आएको सुन धावनमार्गमा पुगेर लिने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरीले यादवको साथबाट ३० तोला सुन बरामद गरेको बताइएको छ ।