सुन र पैसा लिएर फरार अर्घाखाँचीका युवक ३ वर्ष पछी सम्पर्कमा - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सुन र पैसा लिएर फरार अर्घाखाँचीका युवक ३ वर्ष पछी सम्पर्कमा



नयाँ दिल्ली/२६ असोज ।

आधा तोला सुन र १८ हजार भारतीय रुपैया लिएर फरार भएका एक युवक तीन वर्षपछि सम्पर्कमा आएका छन । अर्घाखाँची मालारानी गाउपालिका हंसपुर ७  बाम्रुक ढाक्रेपानी खरियारुखका माईला भनेर चिनिने रोमाखर भुषालका कान्छा छोरा हेमराज भुषालले भारत नयाँ दिल्लीको सावित्रीनगरमा बस्ने जमुना भुषालको घरमा बस्दा आधा तोलाको कानमा लगाउने टप र नगद १८ हजार भारु चोरेर फरार भएका थिए ।

जमुना भुसालका अनुसार उनका  माईला ससुराका  कान्छा छोरा हुन् हेमराज  ,उनि  २०७२ असार १२ गते पढाईका लागि भन्दै दिल्लीस्थित जमुनाको घरमा आएका थिए । दिल्ली आएको १८ दिनपछि असार ३० गते आफु नुहाउन गएका बेला हेमराजले सुनको टप र नगद लिएर फरार भएका थिए ।

त्यसको तीन वर्षसम्म घरमा समेत सम्पर्क नगरेका हेमराज  यसपालिको दशैमा घर अएका छन । तर चोरीको रकम र सुन फिर्ता गर्ने विषयमा सोध्दा दिने नदिने बारे मौन छन ।

यता जमुना भुसालले भने गरिबीका कारण आफ्ना लागि त्यो रकम धेरै भएकाले फिर्ता गर्न चोरी गर्ने हेमराजका परिवारजनलाई पनि भन्दै आएकी छन तर परिवारजनले भने घरको मुद्धा घरमै सल्टाउनु पर्ने बताए  पनि छिनोफानो नगरेको बताएकी छन ।