३३ किलो सुन काण्ड: ठुला माछा जालमा पर्ने सम्भावना ! - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

३३ किलो सुन काण्ड: ठुला माछा जालमा पर्ने सम्भावना !



काठमाडौं। साँढे ३३ केजी सुन प्रकरण अहिले चर्चाको शिखरमा छ । यो प्रकरणले नेपालमा सुन तस्करी अहिलेमात्रै नभएर लामो समयदेखि भएको खुलासा भएको छ ।

पूर्व डिआईजी गोविन्द निरौला पक्राउ परेपछि यो प्रकरण थप रहस्मय बनेको थियो । उनले बयानको क्रममा आफूलाई माथिकै प्रहरीको आदेश दिएकोले यो काम गरेको बताएपछि छानबिन समितिले प्रकरणमा मुछिएका सबैलाई धमाधम पक्राउ गरि बयान लिएको हो । बहालवाला एसएसपी दिवश लोहनी पक्राउ परेपछि अब प्रहरीभित्र पनि लहरो तान्दा पहरो थर्किने बुझिएको छ । पूर्व आईजीपी प्रकाश अर्याल नै सुन काण्डमा संलग्न रहेको बयानको क्रममा खुलेको छ ।

स्रोतका अनुसार पूर्व डिआईजी निरौलाले बयानमा भनेका थिए,‘मलाई माथिको निर्देशन थियो र मैले काम गरेको हुँ, म मात्रै होईन यसमा पूर्व आईजीपीहरुको पनि हात छ, प्रहरी अधिकारीहरुमात्रै नभएर देशका राजनीतिज्ञहरुको पनि यसमा प्रत्यक्ष सलंग्नता छ ।’

गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित छानबिन समितिले अहिले आक्रमक रुपमा काम गरिरहेको छ। यो प्रकरणमा मुछिएका सबैलाई कारबाही गरेर छाड्ने खासगरी मुहान सफा गर्ने समितिको अठोट छ ।

पूर्व डिआईजी निरौलामात्रै होईन, केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले एसएसपी श्याम खात्रीलाई पक्राउ गरिसकेको छ। अबैध साडे ३३ किलो सुन प्रकरणमा आरोपी देखिएपछि उनलाई ब्युरोले पक्राउ गरेर थुनामा राखेको हो ।