ब्यापक घट्दै सुनको मूल्य - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

ब्यापक घट्दै सुनको मूल्य



काठमाडौंः उत्तारचढाव भइरहेको सुनको मूल्य घटस्थापनाको भोलिपल्ट पनि घटेको छ। केही दिनदेखि सुनको भाउ घटिरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला २०० रुपैयाँ घटेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ६९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँ घटेर ८४० रुपैयाँ निर्धारण गरिएको छ।

आइतबार छापावाल सुन प्रतितोला ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य प्रतितोला सुन ६९ हजार ९०० रुपैयाँ रहेको थियो।

चाँदी भने ८४५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ।