सुनचाँदीको वार्षिक कति हुन्छ कारोबार ? - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सुनचाँदीको वार्षिक कति हुन्छ कारोबार ?



सुन तथा चाँदीका गरगहना बिक्रीबाट नेपालमा वार्षिक ५० अर्बको कारोबार हुने गरेको छ। वर्षैपिच्छे आयात हुने २५ अर्बभन्दा माथिको सुन र बजारमा आउने पुराना सुनका गरगहना बिक्रीबाट नेपालमा वार्षिक यो मूल्य बराबरको कारोबार हुने गरेकोनेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनारले जानकारी दिए।

‘सुनचाँदीको कारोबारबाट राज्यले आठ अर्ब रुपैयाँ राजस्व समेत प्राप्त गरिहरेको छ’, उनले भने, ‘यो व्यवसायमा २२ हजार व्यवसायी आबद्ध छन्।’ यो व्यवसायमा तीन लाख जनशक्तिले प्रत्येक्ष तथा अप्रत्येक्ष रूपमा रोजगारी पाइरहेका छन्। यो जनशक्तिमध्ये एक लाख नेपाली कालीगढ हुन भने एक लाख विदेशी कालीगढ रहेको सुनारले बताए।

‘यती ठूलो आकारको व्यवसाय सञ्चालनका लागि स्पष्ट ऐन नहुँदा वर्षौदेखि अन्योलताबीच हामीले व्यवसाय सञ्चालन गरिरहेका छौं’, उनले भने, ‘सरकारले व्यवसाय गर्ने कानुनी आधार तय गरिदिनुप¥यो।’ बिना कानुन हामीलाई व्यवसाय गर्न गाह्रो भएको छ’, उनले थपे ‘सुन आयातमा रहेको परिमाणात्मक बन्देजका कारण बजारमा विकृति बढेको छ।’

राष्ट्र बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको छ। वाणिज्य बैंकहरूमा निहित सुन आयात गर्न पाउने एकल अधिकार व्यवसायीलाई पनि दिनपर्ने महासंघले माग राखेको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।