सुन र चाँदीको मूल्य यस्तो !

काठमाडौँ । आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन (बिहीबार कै मूल्य) तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

