मकवानपुरमा सुमो दुर्घटना,३ को मृत्यु र ८ घाइते - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मकवानपुरमा सुमो दुर्घटना,३ को मृत्यु र ८ घाइते



काठमाडौं-शुक्रबार दिउँसो मकवानपुरमा सुमो दुर्घटना हुदाँ तिन जनाको ज्यान गएको छ ।

मकवापुर भिमफेदी गाउँपालिका वडा न. ६ जुडिखेलमा ना १ नज ३६४० नम्बरको सुमोको पाङग्रा खुस्किएर सडकबाट करिब ५० मिटर तल र्झदा तिन जनाको ज्यान गएको हो ,भने ८ जना घाइते भएका हुन् । हटौंडा कुलेखानी सडकखण्डमा पल्टिएको उक्त सुमो सर्लाहीबाट काठमाण्डुको लागी छुटेको बताइएको छ । ज्यान गुमाउनेमा १० महिनाकी सम्राज्ञी माझी, ७० वर्षीय वीरसिंह वाइवा र ६० वर्षीय महेन्द्र सहनी रहेका छन् ।

घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले सबैको उद्धार गरी यस सम्बन्धि थप अनुसन्धान गरिरहेको बताएबको छ ।