सुमन परियार र सपना विश्वकर्माको स्वरमा रोईला गित जता पनि ठिक पार्छौ सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

सुमन परियार र सपना विश्वकर्माको स्वरमा रोईला गित जता पनि ठिक पार्छौ सार्वजनिक (भिडियो सहित)



समीर प्रकाश पाण्डे ।

गायक तथा मोडल सुमन परियार र सपना विश्वकर्माको स्वरमा रोईला गित “जता पनि ठिक पार्छौ ” केहि दिन अगाडि सप्तक डिजीटल प्रालीले सार्वजनिक गरेको छ ।

गितमा संचारकर्मि एवम गितकार शारदा मरासिनी सरुको शब्द संगित रहेको छ । पछिल्लो समयमा मायांप्रतिको मिलन र विछोडको टुंगो नभएको अझ सोझो अर्थमा भन्दा गितमा पछिल्लो समयको माया प्रति अविश्वास बढेको कुरालाई गीतमा देखाउन खोजिएको छ । गितकार सरुले यता पनि ठिक्क बन्छन उता पनि बन्छन नि धेरै मिठो बोल्नेहरुको भरहुदैन भन्छन नि क्यारी विश्वास गर्नु खै भनेर लेखेकी छन ।

गित संगै गितको भिडीयो पनि उत्कृष्ट बनाईएको छ । गितको भिडीयोमा मदन खडका , सुनिता विश्वकर्मा, रन्जना सुनारको अभिनय छ भने मदन खडकाको निर्देशन , विरेन्द्र भट्टको छायांकनमा अनिल रानाको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस :