सुखडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु , एक घाइते - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

सुखडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु , एक घाइते



हिमाल पोस्ट 

सुखड, कैलाली । कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित  घोडाघोडी नगरपालीका -१ सुखडको डोडा नदीको पुल नजिक बुधबार राती ट्रक र  मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ३ ख १८३६ नम्मरको ट्रक र पुर्व बाट पश्चिम तर्फ जादै गरेको से ५ प १२८९ नम्मरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार गैरिगंगा नगरपालिका ४ निवासी मानबहादुर धामीको मृत्यु भएको छ ।

घटनास्थलमा गम्भीर घाइते भएका धामीको घोडाघोडी अस्पताल सुखडमा उपचार हुन नसकेपछी थप उपचारको लागी सेती अञ्चल अस्पताल रिफर गरिएको र धामीको सेती अञ्चल अस्पताल धनगढी मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा मोटरसाइकल चालक गौरिगंगा नगरपालिका -१ निवासी गंगा रानामगरको  घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको बताइएको छ । ट्रक र चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय सुखडले अनुमान लगाएको छ ।