सुखडमा व्यत्तित्व बिकास तथा उद्धोषण तालिम सम्पन्न - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सुखडमा व्यत्तित्व बिकास तथा उद्धोषण तालिम सम्पन्न



बिशाल पाण्डेय/सुखड ।
कैलालीको घोडाघोडि नगरपालिका -१ सुखडमा व्यत्तित्व बिकास तथा उद्धोषण तालिमको सोमबार एक कार्यक्रमका बिच समापन गरिएको छ ।

घोडाघोडी नगरपालिकाको आर्थिक सहयोग र रेडियो कैलाली एफ.एमको आयोजनामा ७ दिन सम्मका लागी यहि जेठ २२ गते देखी तालिम सुरु भएको थियो । रेडियो कैलाली एफ.एमका प्रबन्धक निर्देशक नवराज खनालको सभापत्तिमा सम्पन्न भएको समापन कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा रहेकि थिइन । कार्यक्रममा बोल्दै उप प्रमुख थापाले कुनै पनि ठाउँको बिकास गर्न सुरुमा ब्यक्तित्व बिकास गर्न र गराउन जरुरी रहेको बताइन । सुरुमा आफ्नो ब्यक्तित्व बिकास भयो भने मात्र आफ्नो घर ,समाज ,टोल गरि पुरै देशमा नै बिकास गर्न सकिन्छ उनले भनिन् घोडघोडि नगरपालिकामा जनचेतना को कमि र ब्यक्तित्व बिकासको कमि भएर नगरपालिकाले यो बजेट छुट्टाएको हो ।

जनचेतनाको लागी अन्तर्राष्ट्रिय संघ संस्थाहरुले गरेको लगानी बालुवामा पानी हाले जस्तै भएको थापाले बताइन् । देशमा जनचेतनाको कमिले देवकलियामा राधा चौधरीलाइ बोक्सी आरोपमा कुटिदा रमिता हेरेका मानिसहरू देखेर अन्तर्राष्ट्रिय संस्थाहरुलाइ पनि लाज लागेको बताइन । जनचेतनाको लागी सबै मिलि लाग्नु पर्छ ,कुनै संस्थाको मात्र मुख हेरेर हुदैन उनले भनिन युवाहरुको ब्यक्तित्व बिकासका लागी आफु र नगरपालिका सधै तयार छ । साथै तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्नु पर्ने भन्दै शुभकामना समेत दिइन ।

ब्यक्तित्व बिकास तथा उद्घोषण तालिममा सहभागी भएका जनार्दन उपाध्याय ,साबित्रा देबकोटा ,हुकुम आचार्य तथा शंकर डगौराले तालिम अवधिभर सिकेका कुराहरूको ब्याख्या गरेका थिए ।

पत्रकार बिरेन्द्र शाहले संचालक गरेको समापन कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य मालति सार्की , कार्यपालिका सदस्य रति कामी ,पार्वती तिवारी लगाएतको उपस्थिति रहेको थियो । तालिममा घोडाघोडी नगरपालिका भित्रका ३५ जनाको सहभागीता रहेको थियो ।