सुखड खानेपानीमा निर्वाचित कार्यसमितिले लिए शपथ - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

सुखड खानेपानीमा निर्वाचित कार्यसमितिले लिए शपथ



विशाल पाण्डेय/सुखड ,कैलाली ।

दरख सुखड खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजनाको निर्वाचनमा विजयी कार्यसमितिका सदस्यहरूले बुधवार पद तथा गोपनिएताको शपथ लिएका छ्न ।

निर्वाचित उम्मेदवारीहरूलाई निर्वाचन अधिकृत पूर्ण राज जोशीले पद तथा गोपनियताको शपथ खुवाएका हुन । कार्यक्रमका अतिथिहरूले विजयी सबैलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

दरख खानेपानी तथा सरसफाइ आयोजनाका निर्वाचित अध्यक्ष निरज मल्ल , उपाध्यक्षमा तिलक प्रसाद भट्टराई , सचिवमा टेक राज आचार्य ,कोषाध्यक्षमा रेखा देवी देवकोटा, महिला सदस्य तर्फ राधा कुमारी पाण्डे, सबिता खत्री खुल्ला सदस्यमा सेर बहादुर बोहरा , पदम सापकोटा र हेम बमले पद तथा गोपनियताको शपथ लिएका थिए ।

निर्वाचित व्यक्तिहरूलाई प्रदेश सभा सांसद अमर बहादुर साउदले ‘बधाई तथा शुभकामना व्यक्त गर्दै खानेपानी सम्बन्धी हुने अन्य आयोजनाहरूलाई प्रदेशले सहयोग गर्न आफूहरू तयार रहेको बताए ‘।साथै घोडाघोडि नगरपालिकाका मेयर ममता प्रसाद चौधरीले ‘उपभोक्ताहरूले सबैलाई जिम्मेवारी दिएको हुनाले सबै सङ्ग सरसल्लाह लिई अगाडि बढ्नुपर्ने भन्दै नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए’।

त्यस्तै कार्यक्रममा घोडाघोडी नगरपालिकाकी उपमेयर प्रेम कुमारी थापा,पूर्व उपाध्यक्ष नरहरी रिजाल ,सल्लाहकार शिव प्रसाद ढकाल ,घोडाघोडी क्याम्पस प्रमुख दिनेश राज जोशी लगायत विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष निरज मल्लले उपभोक्ताहरूले देखाएको बाटोमा हिँड्ने र आफू र आफ्नो टिमको आशा भरोसा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।साथै अध्यक्ष मल्लले स्थानीय ,प्रदेश र केन्द्रको सरकारले आफूहरूलाई सहयोग गर्न आग्रह समेत गरे । कुनै पनि कार्यहरूको लागि सल्लाह सुझाव र सहयोगको आशा तथा उपभोक्ताको हकहितका लागि आफू सदैव लागिरहने मल्लले बताए ।

कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य काशिराम जोशीले गरेका थिए ।

पदभार ग्रहण

शपथ ग्रहणलगत्तै दरख सुखड खानेपानी तथा सरसफाइ आयोजनाका पूर्व अध्यक्ष तथा प्रदेश सभा सांसद अमर बहादुर साउद , नगरप्रमुख ममता प्रसाद चौधरी ,उपमेयर प्रेम कुमारी थापा लगायतले नवनिर्वाचित अध्यक्ष मल्ललाई पदभार ग्रहण गराएका थिए। खानेपानी तथा सरसफाइ आयोजनाको निर्वाचन जेठ ५ गते सम्पन्न भएको थियो ।