सुकुम्वासीको समाधान काँग्रेस बाहेक कुनै पार्टीले गर्न सक्दैन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सुकुम्वासीको समाधान काँग्रेस बाहेक कुनै पार्टीले गर्न सक्दैन



बुटवल ६ असार

बुटवल उपमहानगर पालिकामा नेपाली काँग्रेसका तर्फवाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेले नगरका सुकुम्वासीहरुको समाधान नेपाली काँग्रेस बाहेक कुनै पार्टीले गर्न नसक्ने बताउनु भएको छ । पटक पटक सुकुम्वासी समस्या समाधान गछौं भनी जनतामाँझ भोट माग्ने तर चुनाव जिते पछि फर्केर पनि नहेर्ने दललाई यस पटक भोट नदिई नेपाली काँग्रेस र माओवादी केन्द्र बीच भएको चुनावी गठबन्धनका मेयर उपमेयरलाई बुटवल नगर पालिकामा विजयी गराउन उम्मेदवार पाण्डेले जनता माँझ अपिल गर्नु भयो ।

मंगलवार बुटवल उपमहानगर पालिकाको वडा नम्बर १७ को रानीगंज र मोतिपुरमा तथा वडा नम्बर १६ को सेमलारमा भएका अलग अलग चुनावी कोण सभामा वोल्दै मेयर पदका उम्मेदवार पाण्डेले काँग्रेसले जे वोल्छ त्यो जितेपछि गरेर देखाउने बताउनु भयो । हामी जनतालाई झुठा नारा बाडदैनौ जे प्रतिवद्धता सार्वजनिक गरेका छौ त्यो चुनाव जितेपछि कार्यान्वयन गरेर देखाउछौ भन्दै उहाँले बुटवल नगरको विकासको शुरु गर्ने नै नेपाली काँग्रेस भएको धारणा राख्नु भयो ।

त्यस्तै नगरका उपमेयरका उम्मेदवार जगत पोखरेलले सम्युक्त प्रतिवद्धतालाई कार्यान्वका साथै नगरका वर्डाले जारी गरेका तथा थप आवश्यक कार्यक्रमहरुलाई समेटेर नगरको विकास गदै जनताका आवश्यकता पुरा गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले मोतिपुर औद्योगिक क्षेत्रभित्र पर्ने वस्तीको उचित व्यवस्थापन गरेर मात्र औद्योगिक क्षेत्र संचालन गरिने धारणा राख्नु भयो । कार्यक्रममा नेपाली काँग्रेसका वडा नम्बर १६ का अध्यक्षका उम्मेदवार भवानी शर्मा १७ नम्बर वडा अध्यक्षका उम्मेदवार ओम बहादुर घिमिरे बावुरामले वडाका समस्या समाधानका लागि नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गर्नु भएको थियो ।

त्यस्तै नेपाली काँग्रेस बुटवल वडा नम्बर ४ ले मंगलवार वडाको आर्दश नगरमा घरदैलो तथा जनभेटघाटलाई तिव्रता बनाएका छन । वडा अध्यक्षका उम्मेदवार अर्जुन रानभाट, वडा सदस्य परमानन्द भट्टराई, सर्वजित केसी ,महिला सदस्य गंगा पन्थी र महिला दलित सदस्य गोमा नेपाली बुथ सभापती अरुण श्रेष्ठ लगाएतले नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न वडा वासीलाई आग्रह गर्नु भएको थियो ।
त्यसै गरि वडा नम्बर ७ मा मंगलवार मोटरसाईकल रयाली निकाली चुनावी प्रचार प्रसार गरेको वडा अध्यक्षका उम्मेदवार पदम बहादुर गाहाले बताउनु भयो । वडाको प्रचार कार्यालयवाट निकालिएको रयाली पुरै वडा परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । वडामा नेपाली काँग्रेस, जनमुक्ति र माओवादी केन्द्रबीच चुनावी तालमेल गरिए अनुसार रयाली पनि समयुक्त रुपमा निकालीएको हो ।