उपसभापति मतगणना: सुजाता कोइरालाको बिजोग
काठमाडौं । कांग्रेसको उपसभापति चयनका लागि भएको मतदानमा अब ११२३ मत गणना बाँकी रहेको छ ।
अहिलेसम्म शेखर कोइराला समूहका धनराज गुरुङले अग्रता कायमै राखेको भए पनि अहिले ३५ सय मत गणनामा भने सभापति शेरबहादुर देउवा समूहमा रहेका दुवै नेताले अग्रता कायम गरेका छन् । गुरुङ तेस्रो नम्बरमा पुगेका छन् ।
उनीभन्दा ६ मत अघि विजयकुमार गच्छदार रहेका छन् । ३५५८ मतमध्ये खड्काले १६३४ मत प्राप्त गरेका छन् भने दोस्रोमा विजयकुमार गच्छदारले १४४३ मत प्राप्त गरेका छन् भने तेस्रोमा धनराज गुरुङले १४३७ मत ल्याएका छन् ।
डा. चन्द्र भण्डारीले १२५७ मत ल्याएका छन् । खड्का र गच्छदार देउवा प्यानलका हुन् भने गुरुङ र भण्डारी शेखर कोइराला समूहका हुन् ।
त्यसैगरी प्रकाशमान सिंहको समूहमा रहेका महेश आचार्यले ४१३, सुजाता कोइराला ४३८ मत ल्याएका छन् । दिव्यश्वरी शाहले ११७ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
कांग्रेसले नयाँ नेतृत्व चयनका लागि गरेको महाधिवेशनमा ४६८१ मत खसेको थियो ।