सुदुरपश्चिमेली नेपाली समाज भारतको पहिलो अधिवेसन सम्पन्न - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सुदुरपश्चिमेली नेपाली समाज भारतको पहिलो अधिवेसन सम्पन्न



हिमाल पोस्ट
धनगढी ,कैलाली । सुदुरपश्चिमेली नेपाली समाज भारतको पहिलो अधिवेसन बुधबार धनगढीमा सम्पन्न भएको छ ।

सुदुरपश्चिमेली नेपाली समाज भारतका संयोजक दिपक मल्लको अध्यक्षतामा सम्पन्न भएको अधिवेसनको प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गर्नुभएको थियो । उद्धघाटन गर्दै मुख्यमन्त्री भट्टले स्वदेशमा विभिन्न क्षेत्रमा युवा शक्तिलाई परिचालन गरेर रोजगारीको सिर्जना गराइ भारतमा मजदुरी गर्नुपर्ने बाध्यता अव प्रदेश सरकारले अन्त्य गर्ने बताउनु भयो ।

विगतमा एकलौटी शासनका कारण भारत जानुपर्ने सुदुरपश्चिमेलीहरुको बाध्यता भएपनि अव प्रदेश सरकार बनिसकेकाले त्यो बाध्यता न्युनिकरण हुदै जाने मुख्यमन्त्री भट्टले बताउनु भयो । ‘पहिले शिक्षा र रोजगारीको व्यवस्था नहुदा विदेश जानुपर्ने बाध्यता थियो ।, अब शिक्षाको विकास सङ्गै  रोजगारीका अवसर प्रदेश सरकारले सिर्जना गरि युवाहरु लाई अन्यत्र जानुपर्ने बाध्यता हट्ने भट्टले बताउनु भयो ।’

मुख्यमन्त्री भट्टले भारतमा दुख कष्ट सहेर अपमानित जीवन बिताउनु पर्छ , त्यो सवै देखेको र भोगेको बताउनु भयो । साथै भट्टले सिमा क्षेत्रमा नेपालीले भोग्नुपर्ने समस्या अन्त्यको लागि सहायता कक्ष, भारत जानेको तथ्याङक राख्ने, विमा गर्ने कुरा केही दिनअघि सरकारले ल्याएको बजेटमा समेटिएको जानकारी दिनु भयो ।

सुदुर पश्चिमेलि भारतका विभिन्न शहरमा रोजागरी गर्ने  सुदुरपश्चिमेलीहरुको सहभागिता रहेको कार्यक्रममा विभिन्न सांस्कृतीक कार्यक्रमहरु पनि देखाइएको थियो ।

नेपालको सुदुरपश्चिम घर भई बर्तमानमा शैक्षिक , ब्यापार/ब्यवसायी र रोजगारी सिलसिलामा भारत प्रबेश गर्नुभएका सुदुरपश्चिमेली नेपालीहरु मिलि गठन गरिएको गैर नाफामुलक संस्था ‘सुदुर पश्चिमेलि समाज भारत’ हो । यस संस्थाले भारतका विभिन्न ठाउँमा संस्था गठन गरि विभिन्न सामाजिक कर्यहरु गर्दै आइरहेको छ ।