कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न



अत्तरिया,कैलाली । अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न भएको छ । पुष २७ गतेबाट शुरु भएको महोत्सब आज सम्पन्न भएको हो ।

महोत्सबको आज (सोमबार) औपचारिक समापन गर्ने कार्यक्रम रहेपनि महोत्सब मै कार्यरत गोदावरी नगरपालीका वडा नम्बर १ का १८ बर्षिय अरुण भट्ट को शनीबार राती चक्कु प्रहार गरि हत्या गरिएपछि शोकमा महोत्सबका बाँकी सबै कार्यक्रम स्थगन गरिएको हो ।

महोत्सब आयोजक संस्था अत्तरिया उधोग बाणिज्य संघले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै पिडित पक्ष र स्थानिय नागरिक अगुवाहरुको आग्रहलाई मध्यनजर गर्दै सम्पूर्ण कार्यक्रम रोकेको जनाएको हो ।

संघका अध्यक्ष अशोकराज देबकोटा द्वारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा भनिएको छ -‘शनिबार भएको घटनाले अत्यन्तै दुखी तुल्याएको छ, मृत आत्माको चिर शान्तीको कामना गर्दै, शोकाकुल परिवारलाई धर्यधारण गर्ने शक्ती प्रदान होस । संघले महोत्सब सफल पार्ने सबैलाई धन्यबाद समेत दिएको छ ।