सुदुर पश्चिम् प्रदेशको प्रवेशद्धारकै सडकमा जेब्रा क्रसिङ नहुँदा पैदल यात्रुलाई सास्ती - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सुदुर पश्चिम् प्रदेशको प्रवेशद्धारकै सडकमा जेब्रा क्रसिङ नहुँदा पैदल यात्रुलाई सास्ती



रमित पाण्डे / लम्की,कैलाली ।

सुदुर पश्चिम् प्रदेशको प्रवेशद्धार लम्कीचुहा नगरपालिकामा रहेका विभिन्न सडकहरुमा जेब्रा क्रसिङ नहुँदा पैदल यात्रुहरुलाई बाटो काट्न समस्या भएको छ ।

महेन्द्र राजमार्ग र अन्य सहायक सडकहरुमा जेब्रा क्रसिङ राखिएको छैन् । जेब्रा क्रसिङ नहुँदा बाटो काट्न निकै समस्या हुने गरेको स्थानीयवासीहरुले बताएका छन् ।
वर्षौदेखी जेब्रा क्रसिङ तथा ब्रेकर नहुँदा दुर्घटनाको जोखिम निकै बढ्दै गएको छ । स्थानीय विबस रावतले नागरिकहरुमा पनि जेब्रा क्रसिङको ज्ञान नभएकाले उक्त चेतना जोगाएर स्थानीय सरकार, ट्राफिक प्रहरीले जेब्राक्रसिङ बनाउनु पर्ने बताउनु भयो ।

पछिल्लो समयमा सवारी साधनको चाप बढ्दै गएपछि सवारी दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । सडकमा तीव्र गतिमा सवारी साधनहरु हुँइकी रहेका हुन्छन् । ब्रेकर र जेब्रा क्रसिङ नहुँदा दुर्घटना बढ्दै गएको र जेब्राक्रसिङ बनाउने सडक डिभिजनको भएको बताउदै जेब्राक्रसिङ भएमा कार्यान्वयनको जिम्मा मात्र आफुहरुको भएको भन्दै ट्राफिक प्रहरी कार्यालय लम्की प्रमुख नवराज शाहि उम्कीनु भयो ।

सडकमा जेब्रा क्रसिङ नहुँदा आफूहरुलाई पनि गाडी चलाउन समस्या भएको एक चालकले बताएका छन् ।
‘बजारमा जेब्रा क्रसिङ त पहिले देखी नै थिएन एक चोटी सिर्जनससल युवाहरुले जेब्रा क्रसिङको नमुना बनाएपनि अरु पक्षले यसमा ध्यान नदिएको र यो कार्यमा अहिले पनि स्थानीय सरकारले जेब्रा क्रसिङ बनाउनु पर्नेमा जोड दिदै स्थानीय सरकार यसमा मौन बसेको पहिला जेब्रा क्रसिङ बनाउने समुहका एक जना युवाले गुनासो पोख्नु भयो ।

यता नगरप्रमुख महादेव बजगाइले राजमार्ग संघिय सरकार अन्तरगत पर्ने हुदाँ स्थानीय सरकारको जिम्मा नभएपनि आफुहरुको जेब्रा क्रसिङ बनाउने दायित्व भएको बताउनु भयो । ट्राफिक प्रहरीसंग समन्वय गरेर जेब्राक्रसिङ छिट्टै  बनाउने पहल गर्ने बताउनु भयो । फाइल तस्वीर :