भारतको ब्याङ्लोरमा मनाए सुदुरपश्चिमेलीहरुले दशै - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

भारतको ब्याङ्लोरमा मनाए सुदुरपश्चिमेलीहरुले दशै



हिमाल पोस्ट / नयाँ दिल्ली ।

सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा घर भइ हाल भारतको ब्याङ्ग्लोरमा रहदै आएका सुदुरपश्चिमेलीहरूले सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान गरि
नेपालीहरुको महान चाड दशै सभ्य र भव्य तरिकाले मनाएका छ्न ।

लामो समयदेखि भारतमा अध्ययन , ब्यापार र श्रम गरिरहेका सुदुरपश्चिमेलिहरुलाइ एकताबद्द गराइ परि आएको समयमा सहयोग, सामाजिक कार्य तथा सुदुर पश्चिम् प्रदेशको भाषा, कला,संस्कृतीको जगेर्ना गर्ने उदेश्यले स्थापना भएको छाता संगठन सुदुर पश्चिमेलि नेपाली समाज भारत कर्नाटक ब्याङ्ग्लोरको आयोजनामा बिजयादशमीको सांस्कृतिक कार्यक्रम ,भेटघाट तथा शुभकामना आदानप्रदान गरि मनाइएको हो ।

लामो समयदेखि भारतका विभिन्न ठाउँमा सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको सुदुर पश्चिमेलि समाज भारतले उत्तराखण्ड जम्मु कस्मिर दिल्लि ,राज्स्थान पन्जाब ,हरियाको गुजरात,बम्बै ,उत्तरप्रदेश ,मध्यप्रदेश, तामिलनाडु , कर्नाटक, आन्ध्राप्रदेश, हैदराबाद केरला र विभिन्न राज्य एरिया र जिल्लाहरुमा संस्था बिस्तार गरि सकेको छ ।

सम्पुर्ण सुदुर पश्चिमेलिहरुलाइ संस्थामा आवद्ध गराइ कला,स्वास्थ र शिक्षामा परिबर्तन र शुदुर पश्चिमको आर्थिक बिकास र निकासको लागी महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको सुदुर पश्चिमेलि नेपाली समाज भारत कर्नाटक राज्य समितिका अध्यक्ष लिलाधर कपाडीले जानकारी दिए ।

नेपाल र भारत बाहेक १६ वटा देशमा पनि संस्था बिस्तार भइ सकेको कर्नाटक राज्य समितिका अध्यक्ष कपाडीले बताए । नेपालमा परि आउने प्राकृति आपद बिपदमा आर्थिक भौतिक र नैतिक तरिकाले सहयोग गरेको र आगामी दिनमा समेत सहयोग रहने कर्नाटक राज्य समितिका अध्यक्ष लिलाधर कपाडीले बताए ।