सुदुर पश्चिमेली नेपाली समाज भारतले मनायो पहिलो बार्षिक उत्सव(फोटो फिचर) - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

सुदुर पश्चिमेली नेपाली समाज भारतले मनायो पहिलो बार्षिक उत्सव(फोटो फिचर)



बिशाल पाण्डेय
सुखड , कैलाली ।।  सुदूर पश्चिमेली नेपाली समाज भारतले पहिलो वार्षिक उत्सव तथा सांस्कृतीक कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।

“सुदूर पश्चिमका लागि सुदूरपश्चिमेली “, भन्ने मुल नाराका साथ सुप समाज दिल्ली राज्य समितिले आयोजना गरेको थियो । बिश्वका विभिन्न देशमा गठित अन्तर्राष्ट्रिय सुप समाज संगै भारतका विभिन्न राज्यमा गठित सुप समाज भारतले उक्त उत्सब मनाएको हो।

दिल्ली राज्य समितिका अध्यक्ष भवानी भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथितीमा चर्चित र्‍यापर राजेन्द्र भट्ट ( MR RJ) रहेका थिए।

दिल्लीको फ्लाइङ क्लब अर्थात् जोरबाग मेट्रो नजीक सम्पन्न कार्यक्रममा नेपालका चर्चित कलाकार र्‍यापर राजेन्द्र भट्ट , गायक मुकेश बिश्वकर्मा , दिनेश भण्डारी चट्टान , मनोज एस के , लोकदोहरी गायक शेर बहादुर साउद , देउडा गायक बासुदेब जोशी लगायत अन्य कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियोे।

कार्यक्रमको अतिथिमा अन्तर्राष्ट्रिय नेपाली समाज भारतका केन्द्रिय कार्यालय सचीव बिरेन्द्र सिंह , अखिल भारत नेपाली एकता मंन्च दिल्ली इकाईका सचीव अर्जुन दयाल , हाम्रो सोच हाम्रो भविस्य संस्थाका अध्यक्ष राज पावर महर , सोही संस्थाका सचीव हसिन थापा, हिमालय टेलीभिजनका पत्रकार सुरेश भट्ट सुदुर अनलाइनका पत्रकार धर्म राज भट्टराई लगाएत रहनु भएको थियो ।

कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु ,सुदुर पश्चिमका ९ वटै जिल्ला वा प्रदेश नं ७ का सयौंको संख्यामा रहेका आमाबुबा , दाजुभाइ दिदिबहिनीहरुको उल्लासमय उपस्थितिले केहीसमय प्रमुख सहर दिल्लीमा डेउडा गित गुन्जाएमान भएको थियो ।

सुप समाजको नयाँ दिल्लीमा जनवरी २९ मा स्थापना मिति भए पनि सबै लाई पाएक पर्ने हुँदा २८ जनवरी आइतबारका दिन सुदुरपश्चिमेली नेपाली समाज भारत दिल्लीले आफ्नो पहिलो बार्षिक उत्सव मनाएको र बिश्वका १५ देशमा तथा भारतका १५ राज्य र ५ उपसमिति गठन भइ सकेको र गठन हुने कार्य अझै तीब्र रहेको सुप समाज दिल्ली संस्थाका सचिब हर्क रावतले जानकारि दिए ।

कार्यक्रम हर्क रावत र हसिन थापाले सञ्चालन गरेका थिए ।

(दिल्लीबाट हर्क रावतको सहयोगमा )