सुदुरपश्चिम सेवा समाज कतारमा विष्ट निर्वाचित - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सुदुरपश्चिम सेवा समाज कतारमा विष्ट निर्वाचित



ओम प्रकाश बानियाँ/दोहा, कतार

सुदुरपस्चिम सेवा समाज कतारले आफ्नो तेस्रो अधिवेशन एब्म सास्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

सनैया स्थित ग्रेन्ड महल एम आर ए रेस्टुरेन्टको सभाहल सम्पन्न सो अधिवेशनको सभापतित्वमा अमृत शाही, प्रमुख अतिथिमा अन्तर्राष्ट्रिय सु.प.समाजका अध्यक्ष धनबहादुर बलायर विशेष अतिथिहरूमा चानक पोख्रेल, नन्द ढुंगाना, डिल्ली राम भट्टराई, बुद्धिजीवी, समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि धनबहादुर बलायरले सु.प. सेवा समाज कतारले विगतमा धेरै रचनात्मक काम गरेको भन्दै सस्थाको प्रशङ्सा गर्नु भयो । बलायरले थपे विगतमा केही कुरामा मत भिन्नता भयो होला अब एक भएर जुटन जरुरी छ । म ब्याक्तीगत तर्फ र सस्थाको तर्फबाट पनि जस्तो सुकै सहयोग गर्ने तयार रहेको बताउनु भयो ।

कार्यक्रमका सभापतिले कार्यक्रममा उपस्थिति हुनु भएका सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिन हरुमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताए ।

उक्त अधिवेशनबाट जय राज बिस्टको अध्यक्षता मा ३१ सदस्यीय कार्य समिति चयन गरिएको छ । जसमा
वरिष्ठ उपाध्यक्ष :- प्रेम चलाउने, प्रथम उपाध्यक्ष परमानन्द भट्ट, दिर्तिय उपाध्यक्ष :- गोरख चन्द,माहासचिब :- मनिष बटाला, सचिव :- मोहन रावत ,सह सचिव:- खडक बिस्ट ,कोषाध्यक्ष :- केशव खत्री ,सह-कोषाध्यक्ष :-शेर ब बुढा, अल्खोर संयोजक :-प्रेम विश्वकर्मा, साहानिया संयोजक:-धन ब बिस्ट ,सदस्यहरूमा क्रमशः :- मेख राज अबस्थी, अलि बाबु पौडेल, टेक बोहरा नन्द महतरा, हेमन्त बम, अनुप जोरा, कर्ण बोहरा किशोर भट्ट , मुकेश पाल, हटेन्द्र शाही, रमेश महतरा, बिपिन सीँ कुब, बिष्नु भट्ट चयन हुनु भएको छ ।

यस सस्थाले भूकम्प   पीडित, बाढी पहिरो पीडित, आपत् विपतमा पर्दै आएका नेपालीलाई सहयोग गर्दै आएको छ ।