सुदूरपश्चिम एमालेका बहुमत सांसद माधवको पार्टीमा - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

सुदूरपश्चिम एमालेका बहुमत सांसद माधवको पार्टीमा



काठमाडौं- सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले)बाट निर्वाचित १३ सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । नेकपा (एकीकृत समाजवादी)मा सनाखतका लागि १० सांसद आज प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेको बताएको छ।

उनका अनुसार तीन सांसदहरूको भने कागजपत्र नपुगेकाले भोलि सनाखत हुनेछ । दीर्घबहादुर सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको हस्ताक्षर भोलि हुने बताइएको छ ।

यी हुन सनाखतका लागि प्रदेश निर्वाचन कार्यालय पुगेका सांसदहरू पूर्णा जोशी, माया भट्ट, दुर्गा विक, अमर साउँद, कुलवीर चौधरी, मीना साउँद, दल बहादुर सोडारी, चुनकुमारी चौधरी, लालबहादुर खड्का, सुशीला बुढाथोकी हुन्।

सुदूरपश्चिममा एमालेबाट सभामुखसहित २४ सांसद निर्वाचित भएका थिए । एमाले विवादमा माधवकुमार नेपालको पक्षमा १७ सांसद उभिएका थिए । तीमध्ये १३ सांसदले नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) रोज्ने भएका हुन् ।

यसअघि, एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा सात सांसद थिए । उपाध्यक्ष भीम रावल एमालेमै रहँदा पनि ओली पक्ष अल्पमतमा परेको छ ।