‘सुदर्शन’लाई रिहाइकाे माग गर्दै सर्वोच्चमा रिट - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

‘सुदर्शन’लाई रिहाइकाे माग गर्दै सर्वोच्चमा रिट



काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई गैरन्यायीक हिरासतमा राखिएको भन्दै सर्वोच्चमा रिट परेको छ ।

नेता सुदर्शनकी छोरी विपना ओलीले बुधबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी हुन् । यसअघि नेता सुदर्शनसहित ९ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।

आइतबार सुदर्शनसहित ९ जनालाई जिल्ला अदालत ललितपुरमा न्यायाधीश चुडामणी खड्काको ४ नम्बर इजलासले ८ दिनका लागि म्याद थप गरेको थियो ।

‘राजनीतिक रुपमा पूर्वाग्राही प्रवृत्त भावनाले बदनियपूर्वक प्रत्यर्थी गृहमन्त्रीको ठाडो आदेशमा प्रत्यर्थी प्रधान कार्यालयको निर्देशनमा प्रत्यर्थीहरुले बिनाकारण विना पूर्जि निवेदकलाई पक्राउ गरिएको हो’, रिटमा भनिएको छ ।

रिटमा नेपाल सरकार, गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा बादल, गृहमन्त्रालय सिंहदरबार प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी प्रभाव ललितपुर, ए. का. प्रमुख, जिल्ला प्रहरी कार्यालय, काभ्रे, ललितपुर जिल्ला अदालत ललितपुरलाई विपक्षी बनाइएको छ ।