‘हिम्मतवाली’का ‘हिरो’ सुदर्शनबिरुद्ध रेड कर्नर नोटिस जारी - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

‘हिम्मतवाली’का ‘हिरो’ सुदर्शनबिरुद्ध रेड कर्नर नोटिस जारी



काठमाडौं– चलचित्र ‘हिम्मतवाली’का ‘हिरो’ सुदर्शन गौतम मानव तस्करीमा संलग्न रहेको फेला परेको छ ।

प्रहरीले गरेको अनुसन्धानबाट गौतम मानव तस्करीमा संलग्न रहेका भेटिएको हो । हाल क्यानडामा बस्दै आएका गौतमले नेपालबाट विभिन्न देश हुँदै अमेरिकासम्म मानव तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

गौतमलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमा ‘रेड कर्नर नोटिस’ समेत जारी गरेको छ ।

प्रहरीका अनुसार गौतम समेत संलग्न रहेको एक समूहले केही समय अगाडि ३ जना नेपाली युवतीलाई अमेरिका पु¥याइदिनेभन्दै अफ्रिकी देश हाइटी पु¥याएको थियो ।

दुवै हात नभएका गौतमले केही समय अगाडि सर्वोच्च शिखर सगरमाथाको समेत आरोहण गरेका थिए ।

सगरमाथाको आरोहण र नायिक रेखा थापाको निर्माण तथा निर्देशन रहको चलचित्र ‘हिम्मतवाली’मा रेखासँगै फिल्म खेलेपछि चर्चामा आएका गौतम चलचित्रकर्मीको रुपमा विदेश भ्रमणमा समेत जाने गरेका थिए । चलचित्रकर्मीकै रुपमा केही वर्ष अगाडि अमेरिका गएका उनी त्यहिँबाट क्यानडा पुगेका हुन् ।