सुडान घोटाला काण्डका दोषी शम्भु पक्राउ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सुडान घोटाला काण्डका दोषी शम्भु पक्राउ



काठमाडौं- चर्चित सुडान घोटाला काण्डका दोषी शम्भु भारतीलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले ललितपुरस्थित उनको घरबाटै पक्राउ गरेको हो ।

राष्ट्रसंघीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामाग्री खरिदमा भएको घोटाला प्रकरणमा भारतीलाई सर्वाेच्च अदालते दोषी ठहर गरेको थियो। भारतीले सुडान मिसनका लागि सामाग्री आपूर्ती गरेका थिए।

सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख बिगो र जरिवानासहित १ वर्ष जेल सजाय फैसला गरेको थियो। तर उनी फरार थिए।

भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका सञ्चालक थिए।

एजेन्टका रुपमा शम्भु भारतीले तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणासँगको मिलेमतोमा स्पेसिफिकेसन र क्याटलगबिना नै सामानको रेट बनाएर भ्रष्टाचार गरेको सर्वोच्च अदालतले ठहर गरेको थियो।

सर्वोच्च अदालतले २०६४ को बहुचर्चित सुडान घोटाला प्रकरणलाई राष्ट्रिय लज्जाको विषय भनी व्याख्या गरेको थियो।

उनलाई आजै सर्वाेच्च अदालत पेस गरिने प्रहरीले जनाएको छ।