सुविसु कार्यालयमा भीषणा आगलागी

काठमाडौँ । राजधानीको बालुवाटारमा रहेको सुविसु कार्यालयमा भीषणा आगलागी भएको छ ।
आगलागी इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा भएको हो । जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीले अनुमान गरेको छ ।
आगो नियन्त्रणमा लिन सुविसु कार्यालय अगाडिको सडकमा गाडी सञ्चालन गर्न दिइएको छैन ।
हाल आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ ।

