"भर गरे पो माया हुन्छ ”-सुबास ढुङ्गाना - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

“भर गरे पो माया हुन्छ ”-सुबास ढुङ्गाना



 

साऊथ अस्ट्रेलियामा बस्दै आएका नेपाली सांगीतिक क्षेत्रका नव गायक सुबास ढुङ्गानाले “”भर गरे पो माया हुन्छ ” बोलको गीत सार्बजनिक गरेका छन। चर्चित ढुंगेलको शब्द संयोजन रहेको उक्त गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने महाराज थापाले एरेन्ज गरेका छन। निर्मल लामाको निर्देशन रहेको उक्त गीतको भिडियोमा भीमफेदी गाईज सँगै अलिशा राईको अभिनय रहेको छ।

सानै उमेरमा भूटान बाट नेपाल आई क्याम्पको बसाई र सांगीतिक यात्राको बारेमा सुनाउदै सुबास भन्छन ” म भूटानको टकलाईमा जन्मिए , सानै थिए हामी हाम्रो पहिचानको लडाईसँगै देश छोडेर नेपालको झापामा आयौ। त्यही क्याम्प बाट गीत संगीत प्रतिको रूचि बढ्दै गएको हो । उनले झापामा बिताएको बाल्यकाल बताउँदै थपे ” बेलेस स्कुलमा कक्षा ५ मा सांगीतिक प्रतियोगिता थियो त्यहाँ पहिलो चोटी फर्स्ट भएको थिए , भने झापामा आयोजना भएको अर्को क्षेत्रीय स्तरको कार्यक्रममा सन २००७ तिर दोस्रो भएको थिए । भक्तराज , नारायण गोपाल , कर्ण दास , राम कृष्ण ढकाल गीत गाउदै हुर्किका उनले बिगतको दिनहरु सम्झिए “क्याम्पमा संगीतमा लागेका आफु भन्दा ठुला दाईहरु गोविन्द फुयाल , राम गुरुङ , मोहन गुरुङहरुले कार्यक्रमहरु गर्नु हुन्थियो त्यो हेर्दै जादा एक किसिमको सांगीतिको नाशले नजानिँदो पाऱाले मलाई पनि छोप्यो त्यहिँ हेर्दै सांगीतिक माहोलमा आफु पनि सहभागी हुन्थिए ” संगितमा लाग्न भूमिका खेलेका त्यति बेलाका समयलाई स्मरण गर्दै कुराकानीका बिचमा नोस्टालजिक भए उनी ।

सन २००९ सालमा अस्ट्रेलिया आएका सुबासले क्याम्पमा आर्थिक अभाबले गर्दा पनि त्यति बेला भने जस्तो गर्न नसकेको तितो अनुभब सुनाए । तीता अनुभब मात्रा होइन , उनका मीठा अनुभब पनि रहेका छन । अस्ट्रेलिया आएको ८ दिन मैं सांगीतिक कार्यक्रम प्रस्तुति दिएका उनले त्यसलाई निरन्तरता दिदै र यहाँ हुने कन्सर्ट र सांगीतिक कार्यक्रम सहभागी बन्दै गए। सन् २०१६ मा निर्देशक प्रदीप निरौलाको निर्देशनमा ‘मनको मान्छे’ गीत समेत उनले निकालेका थिए। “अब स्टेजमा आफ्नै गित सहित प्रस्तुति दिन पाउने भएको छू त्यसैले पनि यसलाई जिबनको एउटा टर्निंग प्वाइन्टको रुपमा लिएको छू र यसमा निरन्तर लाग्ने छू ” आगामी योजना सुनाउदै उनले आफ्नो सपना हिमाल पोस्टसँग श्येर गरे ।